Monday, August 23, 2010

मलेसियामा एक हप्तामा पाचा नेपालीले ज्यान गुमाए

क्वालालम्पुर मलेसिया, भाद्र ८ -
मलेसियामा नेपाली श्रमिकहरुको मृत्युदर उच्च हुदै गैरहेको छ । गत एक हप्तामा मात्रै पाचा जना नेपाली श्रमिकहरुले ज्यान गुमाएका छन । मृत्यु हुने हरुमा आत्महत्या गर्ने र सुतेको सुत्यै हुने अधिक देखिन्छ त्यसको तुलनामा सडक दुर्घटना तथा अन्य कारणले मृत्यु हुनेको सख्या कम रहेको छ । झुण्डिएर आत्महत्या गर्नेहरु पारिवारिक चिन्ता,अवैधानिक वन्नुपरिरहेको पिडा र भनेजस्तो काम नपाएपछि आफैमा आएको निराशाका कारण देखिन्छ भने सुतेको सुत्यै अवस्थामा मृत्यु हुने हरुको भने कसैले पनि अनुसन्धान गरिएको छैन । सुतेर सुत्यै मृत्युहुनेहरुको पोर्समार्टमा अधिकलाई हृदयघात भएको उल्लेख भएको पाईन्छ ।गत एक हप्ताको अवधिमा पर्वतका चित्र वहादुर गुरुग,काठमाण्डौका सुरेश मर्हजन,सप्तरीका पंकज कुमार रजक,रोल्पाका कर्ण वहादुर घर्ति मगर तथा उद्धविर पुनले ज्यान गुमाएका छन । उनीहरु मध्ये तीन जना सुतेकेा सुत्यै र अन्य दुई जना अन्य कारणले मृत्यु भएको छ । गत एक महिना अगाडि दुतावासले सार्वजनिक गरेको सुचनामा ६ महिनाको अवधिमा ८१ जना नेपालीहरुको ज्यान गुमाएका थिए । तुलनात्मक रुपले यो सख्या क्रमश वढदै गैरहेको छ ।यसलाई सम्वन्धित निकायले चासोको रुपमा हेर्नुे पर्ने गैर आवासिय नेपाली संघका अध्यक्ष शंकर वहादुर पौडेलले बताए ।

Read more...

अपांग युवतीलाई सिस्नुपानी लगाउँदै बलात्कार


भदौ ८
: १७ वर्षकी एक अपांग युवतीलाई सुन चोरेको आरोपमा चरम यातनापछि बलात्कार गरिएको छ । चरम यातनापछि सिस्नुपानी लगाएर बलात्कार गरिएकी ती युवतीको अहिले अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
कपन-३ का परशुराम खड्का र उनकी श्रीमती कमलाले छिमेकी घरमा काम गर्ने दोलखा घर भएकी १७ वषर्ीया बिमला पुनमगरलाई यस्तो यातना दिएका हुन् । उनीहरूले सुरुमा सुन चोरेको आरोपमा बिमलालाई भएभरको लुगा फुकालिदिएर एक घन्टाभन्दा बढी सिस्नुपानी लगाउँदै कुटे । त्यसपछि कमलाले श्रीमान् र बिमलालाई कोठामा छाडेर बाहिरबाट ढोका बन्द गरिदिइन्। चरम यातना दिँदासमेत नपुगेर परशुरामले आधा घन्टासम्म बलात्कार गरेको बिमलाले बताएकी छिन् ।
२ भदौ साँझ भएको यो घटना आइतबार मात्रै सार्वजनिक भएको हो । प्रहरी हिरासतमा रहेका खड्का दम्पतीलाई छुटाउने षड्यन्त्र भएको भन्दै अपांग र मानवअधिकारका क्षेत्रमा क्रियाशील एक दर्जन संस्थाले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेका हुन् ।

जन्मेदेखि नै बोल्न नसक्ने बिमला लामो समयदेखि कपनमा रहेका विभिन्न घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन् । उनका आफन्त र परिवारका सदस्यसमेत कोही छैनन् ।

गत २१ साउनमा कमलाले छिमेकी घरमा काम गर्ने बिमलालाई आफ्नो घरमा बोलाएकी थिइन् । त्यही दिन कमलाले आफ्नो दुई तोलाबराबरको सुन हराएको र बिमलाले चोरेको भन्दै उनलाई निर्घात कुटपिट गरेर प्रहरी वृत्त बौद्ध पुर्‍याइन् । वृत्तमा एक दिन राखेपछि सुन नभेटिएको भन्दै प्रहरीले भोलिपल्ट बिमलालाई खड्का दम्पतीकै जिम्मा लगाएर पठाइदियो ।

खड्का दम्पतीले प्रहरी र मानवअधिकारवादी संस्थालाई बताएअनुसार उनीहरूले २ भदौसम्म आफ्नो सुन खोज्ने भन्दै राजधानीका विभिन्न स्थानमा बिमलालाई घुमाए । तर, हराएको सुन नभेटिएपछि २ भदौ साँझ खड्का दम्पतीले उनलाई यातना दिन सुरु गरे ।

स्थानीयवासीका अनुसार परशुराम बाहिर निस्केपछि उनीहरूले घटनाबारे जानकारी पाएका थिए । 'नजिकैकी एकजना बूढीआमैले भनेपछि हामीले जानकारी पायौँ,' स्थानीय चन्द्र मैनालीले भने, 'उनको जीउमा भित्री कपडाबाहेक केही पनि थिएन, रोइरहेकी थिइन् ।' स्थानीय शिला कार्कीका अनुसार नांगो अवस्थामा रहेकी बिमलाको शरीरभरि रगत आएजस्तो देखिएको थियो । टाउको सुन्निएको र मुखबाट समेत रगत आएको अवस्थामा उनको उद्धार गरिएको कार्कीले बताइन् ।

कार्कीका अनुसार स्थानीयवासीले प्रहरी बोलाएर खड्का दम्पतीलाई बुझाएका थिए । परशुराम भने प्रहरी आउने थाहा पाएपछि भागेका थिए । तर, स्थानीय युवाले उनलाई नियन्त्रणमा लिई प्रहरी वृत्त बौद्धको टोलीलाई बुझाइदिएको कार्कीले बताइन् ।

बिमलाको उद्धार गरेको महिला आधारशीला नामक संस्थाकी अध्यक्ष रेणु शर्माका अनुसार प्रहरीले खड्का दम्पतीलाई पक्राउ गरेर लगे पनि बिमलाको उपचार गरेन । उल्टै बिमलालाई समेत अनुसन्धान गर्न भन्दै गम्भीर अवस्थामै वृत्तको हिरासतमा राखिएको थियो । 'हामीले भोलिपल्ट -३ भदौ) मा गएर उनको उद्धार गर्‍यौँ,' शर्माले भनिन्, 'गम्भीर घाइते उनलाई चिसो छिँडीमै राखिएको रहेछ ।' उद्धारपछि बिमलालाई उपचारका लागि बौद्धस्थित स्तुपा सामुदायिक अस्पताल लगिएको शर्माले बताइन् । उनको अहिले पनि त्यहीँ उपचार भइरहेको छ ।
गम्भीर अवस्थाकी बिमलाले सांकेतिक भाषामा आफूले खड्काको सुन नचोरेको र एउटा तिलहरी परशुराम आफैँले 'तिमीसँग बिहे गर्छु' भन्दै दिएको बताएकी छिन् । 'बिहे गर्छु भनेर उसैले तिलहरी दियो,' बिमलाको भनाइ उद्धृत गर्दै स्थानीय बाबुराम खतिवडाले भने, 'पछि आफैँले चोर दोष लगायो ।'
कुटपिटको आरोपमा पक्राउ परेका खड्का दम्पतीविरुद्ध बिमलाको बयानपछि स्थानीय अधिकारवादी संस्थाहरूले बौद्ध वृत्तमा जाहेरी दिएका छन् । परशुरामविरुद्ध बलात्कारको जाहेरीसमेत दर्ता गराइएको महिला आधारशीलाकी अध्यक्ष शर्माले बताइन् । जाहेरी दर्ता गरेपछि प्रहरीले प्रसुतिगृहमा बलात्कार भए-नभएको प्रमाणित गर्न स्वास्थ्य परीक्षण गराएको छ । परीक्षणको रिपोर्ट पाँच दिनपछि मात्रै आउने बताइएको छ । प्रहरी वृत्त बौद्धले खड्का दम्पतीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । परशुरामलाई वृत्तकै हिरासतमा राखिएको छ भने कमलालाई गौशाला प्रभागको हिरासतमा राखिएको छ ।

Read more...

मकवानपुरमा अग्नी एयरको ट्वीनअटर विमान दुर्घटना

८ भाद्र,
मकवानपुरको शिखरपुर-२ मोतिपुरमा मंगलबार विहान अग्नी एयरको ट्वीनअटर विमान दुर्घटना भएको छ । घटनास्थलमा शवहरुको टुक्रा यत्रतत्र छरिएका छन् । विमान पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
दुर्घटनामा विमानमा सवार सबै यात्रुको मृत्यु भएको बताईए पनि यात्रुको संख्या थाहा हुन नसकेको एकीकृत नेकपा माओवादीका सभासद प्रल्हाद लामिछानेले जानकारी दिनुभयो । खराब मौसमका कारण लुक्ला अवतरण गर्न नसकेपछि काठमाडौं फर्कने बेला विहान साढे सात बजे विमान दुर्घटना भएको बताइएको छ । खराब मौसमको कारण विमान दुर्घटना भएको अनुमान छ ।घटनास्थलबाट नजिक फापरबारी र हात्तिसुढे प्रहरी चौकी पर्दछन् । प्रहरी घटनास्थलतर्फ लागेको र विस्तृत विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अग्नी एअरको डोनियर विमान मकवानपुरको शिखरापुर गाविसमा दुर्घटनाग्रस्त । काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको उक्त विमान मौसमको खराबीका कारण लुक्लामा अवतरण गर्न नसकी काठमाडौं फर्किदै थियो ।१९ सिटे उक्त विमानमा १४ जना थिए ।

Read more...

खोलाले बगाएर बेपत्ता

भाद्र ८ -
अविरल बर्षाको कारण उर्लेको खोलाले बगाएर यहाँ एक युवक वेपत्ता भएका छन् । बागलुङको तमान खोलाले सोमवार साँझ बगाएर तमान गाविस ३ निवासी २६ वर्षका झकबहादुर विकलाई बगाएको स्थानीय हेमन्त मगरले बताए । खोलाले बगाउने वित्तिकै स्थानियवासी र बोङ्गादोभान प्रहरी चौकिबाट गएको प्रहरी टोलिले खोजी गरेपनि पत्ता लगाउन नसकेको प्रहरीले बतायो । वेपत्ता विकका ४ छोरी, १ छोरा र श्रीमति रहेकी छिन् । घटनास्थल सदरमुकाम देखि तीनदिनको पैदल दुरीमा पर्छ । उक्त खोला वारपार गर्ने अधिकांस स्थानमा पुल छैन ।

Read more...

गुल्मीमा पहिरोका कारण नौं घर विस्थापित

७ भाद्र
गुल्मीको हर्दिनेटा गाविस-५ लुम्छामा पहिरोका कारण एक विद्यालय र नौ घर परिवार विस्थापित भएका छन् । लगातार वर्षाका कारण पहिरो गएपछि लुम्छा बजारमा रहेको भगवती प्राथमिक विद्यालय भवन र अन्य नौवटा घर पहिरोमा परी विस्थापित भएका हुन् ।पहिरोले हर्दिनेटा, धरमपानी हुँदै खज्र्याङ जाने मोटरबाटो खसेपछि लुम्छाबजार समेत जोखिममा परेको छ । बजारको जगबाटै पहिरो झरिरहेकाले बजारवासी विस्थापित हुने भएका हुन् ।पहिरोको पूर्व सतर्कताको लागि सडक विभाग र प्रशासनको पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्

Read more...

Sunday, August 22, 2010

भाद्र ७ -
सिरहा नगरपालिका २ मा आइतबार राति स्थानीय एक समूहको आक्रमणबाट उत्तिमलाल यादब सहित उनका दुई छोरा प्रमोद यादब र प्रदिप यादब गम्भीर घाइते भएका छन् । उत्तिमलाललाई टाउकोमा रड र ओठमा कुखुरी प्रहार गरी गम्भीर घाइते बनाइएको छ । उनको टाउकोमा ६ र ओठमा १४ टाँका लगाइएको छ । यस्तै उनको दुई छोरामाथि पनि रडले कुटपिट गरिएको छ । घाइते तीनै जनाको उपचार सिरहा अस्पतालमा सम्भव नहुँदा थप उपचारका लागि धरान रेफर गरिएको उपचारमा संलग्न चिकित्सक बिष्णुदेव मण्डलले बताए । पुरानो रिसईबीका कारण स्थानीय शम्भू यादव, देवकुमार यादवलगायतका ब्यक्तिहरुले उनीहरुलाई रातिको समयमा घरमा बसिरहेको अबस्थामा निर्घात कुटपिट गरेको स्थानीयबासीले बताए । उनीहरु फरार रहेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न तीनजनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाए पनि नाम भने खुलाउन चाहेन ।

Read more...

कमाउन गएकाहरू ऋण बोकेर फर्के

भाद्र ७ -
कमाउन विदेश गएका ६१ युवा लिबियाबाट उल्टै ऋण बोकेर फर्केका छन् । जाँदा डेढ लाखदेखि २ लाख रुपैयाँ खर्चेर गएका उनीहरू रित्तो हातजस्तै र्फकन बाध्य भए । विदेशमा बन्दीजस्तै जीवन बिताएर सरकार, अन्तर्राष्ट्रिय आप्रवासन संघलगायतको पहलमा फर्केका उनीहरू आफूहरूसँगै कष्टसाथ जीवन बिताएका ४९ साथी अझै नफर्केकामा चिन्तित छन् । उनीहरूले ती नेपालीले पीडापूर्ण जीवन बिताइरहेकाले छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । गएको डेढ महिनामै कामविहीन बनेका धादिङको मूलपानीका ३१ वषर्ीय इन्द्रबहादुर थापा भोगेको पीडा सम्झदा भक्कानिँदै थिए । बिरामी हुँदा खर्च नभएर उपचारसमेत नपाएर एक पाकिस्तानीको सहयोगमा औषधि गरेका उनले भने, 'नर्कबाट फर्केका छौं । पुनर्जीवन पाएजस्तै भएको छ ।'
दलाललाई मोटो रकम खुवाएर दक्षिणपूर्वी अफ्रीकी मुलुक लिबिया पुगेका उनीसहित १ सय ८ जना काम नपाएर महिनौं अलपत्र परेका थिए । छोटो अवधिको भिसामा पुर्‍याइएका उनीहरूले त्यहा काम मात्रै नपाएका होइनन्, अवैध रूपमा बस्न बाध्य भए । काम नपाएपछि आम्दानी नहुँदा राम्रोसँग खानसमेत नपाएको सिन्धुुलीका २९ वषर्ीय भक्तबहादुर अधिकारीले बताए । अवैध बसेको अवधिको जरिमाना सरकारलाई नतिरी उनीहरू र्फकनसमेत नसक्ने भएका थिए ।
उनीहरूमध्ये अधिकांश धौलागिरि मेनपावर कम्पनीमार्फत त्यहाँ गएका थिए । उनलाई त्यो कम्पनीकी सञ्चालिकाका श्रीमान् तेजप्रकाश पुनले लगेका थिए । बि्रटिस कम्पनीमा मासिक ५ सय डलरसहित खानेबस्ने सुविधा दिने आश्वासमा त्यहाँ पुर्‍याएका उनीहरू त्यहाँको एयरपोर्टबाट निस्कनासाथ अवैध भइसकेका थिए । तीन दिन भिसा बाँकी हुँदा यहाँबाट उडाइएका उनीहरूको भिसा त्यहाँ पुग्नासाथ सकिएको थियो । सल्लेरीका अमृत मगरका अनुसार उनीहरूलाई एयरपोर्टमा छिरेपछि मात्र पासपोर्ट दिइएको थियो । 'अरबी भाषामा लेखिएकाले भिसा कति अवधिको छ भन्ने समेत हामीले बुझेनौं,' उनले भने ।
केही अघि त्यहाँ पुगेका इन्द्रबहादुरलगायत कामदारले डेढ महिना काम गरेपछि कम्पनी बन्द हुने अवस्था देखिएको थियो । उनीहरूले थप कामदार ल्याउन लागेको देखेर धौलागिरिका सञ्चालक पुनलाई नल्याउन भनेका
थिए । 'हाम्रो कुरै सुनेनन्,' इन्द्रले भने, 'त्यसपछि कम्पनी बन्द भएकाले पछि पुग्नेहरू सबै बेरोजगार भए ।' भनेको कम्पनीमा सानोसानो कामको जिम्मा उनीहरूलाई लैजाने पुनले लिने गरेका रहेछन् । उनले कम्पनीमा नभई आफूले जिम्मा लिएको काममा लगाउन नेपाली युवालाई त्यता लगेका रहेछन् । पुनले कम्पनीबाट रकम बुझे पनि उनीहरूले तलब पाएनन् ।
'कम्पनी बन्द भएपछि केही व्यक्तिलाई पुनले अर्को चिनियाँ कम्पनीमा काम लगाउन लान खोज्यो,' ताप्लेजुङ याम्फुदिनका तिलकमान गुुरुङले भने, 'अलपत्र परेकामध्ये ७१ जना खानै नपाएर भोकै मर्नुभन्दा जान तयार भए ।' बाँकी ३६ जनाले जान अस्वीकार गरे । अस्वीकार गर्नेको सम्पर्कमा पुन आउनै छाडे । केही व्यक्तिसँग बचेको केही रकम खर्च गर्दै उनीहरूले ज्यान धान्दै आए ।
त्यो पनि सकिएपछि उनीहरूले सरकारसँग उद्धारको गुहार माग्दै श्रम मन्त्रालयमा निवेदन फ्याक्स गरे । त्यो थाहा पाएपछि तेजप्रकाशले मेस चलाउने ठेकेदारलाई कामदारलाई खाना नदिन निर्देशन गर्‍यो । 'हामीले ९ दिनसम्म खानै पाएनौं,' इन्द्रबहादुरले सुनाए, 'उजुरी फिर्ता लेऊ भन्दै धम्क्याउथ्यो ।'
चिनियाँ कम्पनीले ती कामदार अवैध भएको थाहा पाएपछि काममा लगाउन अस्वीकार गर्‍यो । त्यसपछि सबै जना फर्केर पहिलेकै ठाउँमा आए ।
'हामीलाई जनावरलाई राखेजस्तो गरेर राखिएको थियो, अर्का पीडित ताप्लेजुङ लेलेपका पेम्बानुर्पु भोटेले भने, 'पानी, बिजुली थिएन । गर्मीले भित्तोसमेत तातेर सहनै नसकिने थियो । कहिलेकाहीँ नुनभात मात्र खाएर बस्नुपर्‍यो । त्यसैबीच इन्द्रबहादुर एपेन्डिसाइटिसको बिरामी परे । साथीहरूको सहयोगमा अस्पताल पुर्‍याइयो ।
चिकित्सकले केही घन्टाभित्र अपरेसन नगरे बचाउन कठिन हुन्छ भन्दै रकम जम्मा गर्न भन्यो । उनीहरूले पुनलाई गुहारे । ऊ पैसा छैन भन्दै भाग्यो । 'मलाई मर्छु जस्तै लागेको थियो,' इन्द्रले भने, 'अन्ततः एउटा पाकिस्तानीलाई साथीहरूले गुहारे । उसले मानवताको नाताले सहयोग गर्‍यो र म बाँचें ।'
यता ती अलपत्र परेकाहरूका आफन्त उनीहरूको उद्धारका लागि मन्त्रालय, मन्त्री, नेताहरूसँग गुहार मागिरहेका थिए ।
धाउँदा हैरान भएका थियौं,' भक्तबहादुरका दाजु भेषराजले भने । सरकार र अन्तर्राष्ट्रिय आप्रवासन संगठन -आइओएम) को लामो पहलपछि नेपाली कामदार काम गर्ने कम्पनी सिकेजीलाई लिबिया सरकारले आफ्नो नियन्त्रणमा लियो । त्यसपछि कम्पनीले उपलब्ध गराएको तलबी चार्टअनुसार हरेकलाई फरकफरक रकम दिएर लिबिया सरकारले एक्जिट भिसा -र्फकने अनुमति) दियो । 'मैले झन्डै ४ हजार दिनार पाउनुपर्ने थियो,' इन्द्रबहादुरले भने, 'मलाई १ सय २० दिनार मात्र थिइयो । के आधारमा पाउनुपर्ने रकमको विवरण कम्पनीले पठायो । बुझ्नै सकेको छैन ।'
र्फकनेहरू पुनर्जीवन पाएको बताउँछन् । 'हामीलाई मरेर बाचेजस्तै भएको छ,' भक्तबहादुरले भने, 'हाम्रा ४९ जना साथीहरू अझै नारकीय जीवन भोग्दै छन् । उनीहरूको सरकारले छिटो उद्धार गर्नुपर्छ ।' उनीहरूसँगै एक्जिट भिसा पाएका ४९ लाई पुनले 'मेरा मान्छेलाई काम लगाउँछु' भनेर राखेको फर्केकाहरू बताउँछन् । सरकारले भने उनीहरू छिट्टै र्फकने बताएको छ ।

Read more...

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by Tulsi Ram Kc 2010

you can go TOP of the page