बुटवलको होटलमा एक जोडी मृत अवस्थामा फेला
भाद्र ६बुटवलको एउटा होटलमा एक युवा र एक युवती मृत अवस्थामा फेला परेका छन्। नेपालगञ्जमा रोडमा रहेको होटल सिन्दुरको कोठा नम्वर दुई सय एकमा उनीहरुको शव भेटिएको हो। करिव ३० वर्षिय तनहुँका काशीनाथ पण्डित र तनहुँकै ढोरचीर्दी गाविस ५ की करिव ३० वर्षिय सीता राना मृत अवस्था फेला परेका हुन् । कास्कीको गगनगौडा वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान पण्डीत झ्यालको भेण्टिलेसनमा ट्रयाकसुटको पासो लगाएर र राना बाथरुममा मृत अवस्थामा आइतबार दिउँसो फेला परेका हुन् । शनिबार दिउँसो बास वस्न आएका उनीहरु बिहान खाना खाने समयसम्म पनि बाहिर ननिस्केपछि होटल मालिक प्रताप तुलाचनले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरु बसेको २०१ नम्वरको कोठा खोली हेर्दा उनीहरु मृत अवस्थामा फेला परेका हुन् । प्रहरी निरीक्षक माधव गौतमका अनुसार कोठामा चारवटा बिषका शिषा समेत भेटिएकाले प्रहरीले विष सेवनपछि आत्महत्या गरेको प्रारम्भिक अनुमान छ । प्रहरीले दुवै जना विवाहित जोडी भएको अनुमान गरेको छ।
0 comments:
Post a Comment