Sunday, August 22, 2010

कमला कटानबाट सयौ हेक्टर जमीन खतरामा /वस्ती पनि जोखिममा

भाद्र ७ -
लगातारको वर्षापछि कमला नदीमा आएको बाढीले दुधौली, टाँडी, हर्षाही, हत्पते, सिर्थौली गाविसमा उर्बर खेत कटान सुरु गरेको छ । कमला नदीको कटानबाट दुधौली-७ नर्कटेमा बस्ती नै असुरक्षित बन्दै गएको स्थानीय बासिन्दाले बताएका छन् ।
कमला नदीको बाढीले जमिन कटान गरि नर्कटे गाउँको छेवैमा आइपुगेको र नदीमा पानी बढ्नासाथ जुनसुकै बेला बस्ती बगाउन सक्ने खतरा रहेको दुधौली गाविसका पूर्व जिविस सदस्य लालबहादुर थापाले जानकारी दिए । २५ घरपरिवार रहेको नर्कटे गाँउ जोगाउन तत्काल तारजालीको प्रबन्ध गर्नुपर्ने आवश्यक देखिएको छ । उनको भनाइ छ । कमला नदीले वर्षेनी कटान गर्दा नर्कटेमा १० बिगाहा भन्दा बढी धान खेत बगाएको छ । तत्काल नियन्त्रणको प्रयास गरिएन भने सबै सुकुम्बासी हुने थापाको धारणा छ ।' दुधौली गाविसकै वडा नं. २,३,४ र ६ मा कमला नदीको पानी पसेर जलमग्न भएको छ । ती वडामा कमला नदीले भर्खर कटान शुरु गरेको हो । हत्पते गाविसको गागन नजिकै कमला नदीले कटान सुरु गरेको र धान खेत तर्फ कटान गर्ने संभाबना रहेको छ । स्थानीय कृषक पार्बती दाहालका अनुसार नदी किनारमा रोपेर हुर्किएका सिसौका रुख धमाधम खसाल्न सुरु भएको छ । नियन्त्रणको प्रयास नभए सिसौका रुख सबै कटान गरेर नदीले धान खेत बगाउने उनले गुनासो पोखिन् । कमला नदीले बर्सेनि गर्ने कटानबाट हजारौं विघा धान खेत बगरमा परिणत भई सकेको र अझै एक हजार बिघाभन्दा बढि खेत असुरक्षित रहेको उनको भनाई छ । कमला नदी र तावा खोलाको कटान नियन्त्रण राजनीतिक नारामा मात्रै सिमित रहेको स्थानीय कृषकको गुनासो रहेको छ ।
उनीहरुका लागि बेला बेलामा हुने निर्बाचनमा राजनीतिक दलका उमेद्वारलाई भोट माग्ने दह्रो मसला बन्दै आएको कमला नदी र तावा खोला नियन्त्रण निर्बाचन सकिएपछि कुनै पनि दलले चर्चामा समेत ल्याउने गरेका छैनन् । कमला नदिको कटानका कारण हजारौ भूमिपति अहिले सुकुम्बासीमा परिणत भएका सिर्थाैली गाविसका शिक्षक प्रेमभट्टराई टिप्पणी गर्छन् ।

0 comments:

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by Tulsi Ram Kc 2010

you can go TOP of the page