भरतपुर क्यान्सर अस्पतालका निर्देशको स्थिति अझै अज्ञात
उनी चढेको गाडी पोखरामा बरामद
भरतपुरको चौबिसकोठी स्थित चितवन अस्पताल प्रालिमा दुइवटा सामान्य शल्यक्रिया सकेर मंगलवार राति सवा दश आफ्नो क्वाटर जान निस्केका श्रेष्ठ त्यसपछि सर्क बिहीन भम्पएका थिए । चितवन, जेष्ठ ६ - दुई दिनअघि भरतपुर स्थित चितवन अस्पताल बाहिरबाट अपहरणमा परेका बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको स्थिति अझै अज्ञात रहेको छ ।
उनको अपहरण भएको ४० घण्टा बितिसक्दापनि थाहा हुन नसकेका कारण परिवार र शुभचिन्तक पिरोलिएका छन् ।
पोखराका डिआईजि कुबेर रानाले डाक्टरको अबस्थावारे केहि भन्न नसकिने आज बिहान ईकान्तिपुरलाई बताए । उनले चितवन र पोखराका सबै सम्भावित नाका ब्लक गरेर अनुसन्धान भैरहेको जानकारी दिए । उनले डाक्टरले चढ्ने गाडी सुरक्षित अबस्थामा लक गरिएका कारण स्थिति नजिकवाट नियाल्ने प्रयास भैरहेको जनाए ।
डा.श्रेष्ठ बेपत्ता भएको २० घण्टापछि बुधबार साँझ साढे ६ बजे उनी चढेको बा ३ च्ा ९८९ नम्बरको गाडी पोखरा उपमहानगरपालिका स्थित कुडार चोकको बाँयापट्ट िसडकमा बेवारीसे अबस्थामा फेला परेपछि सुरक्षानिकायले उनको अपरहण भएको निष्कर्ष निकालेको हो ।
गाडीमा भेटिएका डाक्टरका प्रमाणलाई उनका परिवारलाई देखाएर रुजुगर्ने र त्यसपछि थप अनुसन्धान अघि बढाइने रानाले बताए । यसैबीच चितवन र काठमाण्डौंमा रहेका भक्तमानका परिवार जन र ्शुभचिन्तकहरु अहिले केहिबेर अघि पोखरा पुगेका छन् । चितवनमा सबै चिकित्सक र पेशाकर्मी अन्यौलमा छन् ।
डाक्टर श्रेष्ठको परिचयपत्र कच्याक्कुचुक अबस्थामा गाडिमै फेला परेको छ । अनुसन्धानको क्रममै रहेकाले अहिलेनै केहि भन्न गाह्रेा छ डिआइजी रानाले भने- शंकास्पद र सम्भावित नाकामा खोजी कार्य जारी छ ।
भरतपुरको चौबिसकोठी स्थित चितवन अस्पताल प्रालिमा दुइवटा सामान्य शल्यक्रिया सकेर मंगलवार राति सवा दश आफ्नो क्वाटर जान निस्केका श्रेष्ठ त्यसपछि सम्पर्क बिहीन भएका थिए । उनी आफैले चलाएको गाडिमा आफ्नो निवास क्यान्सर अस्पताल परिसरमा जान हिडेपनि नपुगेपछि मंगलवार रातिदेखिनै उनको खोजी सुरु भएको छ ।
परिवारका अनुसार श्रेष्ठको मोवाइल राति साढे दशबजे नै अफ थियो । श्रेष्ठको परिवार चिन्तित छ । श्रेष्ठका दाजु गोपिमान श्रेष्ठले भक्तमानको कोही कसैसंग दुस्मनी नभएको बताए । 'कसैसंग झगडा , रिसइवी केही पनि थिएन । कस्ले अपहरण गरेको वा के गरेको हो भनेर चिन्तित छौ ''उनले भने ।
चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले उनको खोजी कार्य जारी रहेको बताए । उनले सबैपक्षवाट खोजिमा सहयोग भैरहेको जनाए । जिल्ला प्रहरीले विभिन्न सीमानाकामा श्रेष्ठ हराएको जानकारी गराएर खोजी तिब्र पारेको जनायो ।
0 comments:
Post a Comment