Tuesday, May 18, 2010

सडकबाट संविधान हास्यास्पदः ज्ञवाली

सडकबाट संविधान हास्यास्पदः ज्ञवाली

पोखरा, (नेस), नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जेठ १५ गते सडकबाट सविधान घोषणा गर्ने गरेको निर्णयकेवल आफ्नो नेतृत्वको राष्ट्रिय सहमतिको सरकारको लागि मोलमोलाइ गरेको बताउनुभएको छ।



‘सडकबाट संविधान घोषणा गर्ने माओवादीको निर्णयसरकारका लागि बार्गेनिङ मात्रै हो’, १७औं मदन-आश्रति स्मृति दिवसको अवसरमा सोमबार पोखरा आउनुभएका नेता ज्ञवालीले भन्नुभयो- ‘बार्गेनिङले सरकार बन्दैन्।’ एकीकृत नेकपा माओवादीले आफ्नै नेतृत्वको राष्ट्रिय सरकार गठनका लागि मात्रै बार्गेनिङ भाषा प्रयोगलाई निरन्तरता दिएको आरोप लगाउनुभयो।

नेता ज्ञवालीले पत्रकारसँग कुराकानी गर्दै जेठ १५ गते जनताका माझ संविधान जारी गर्ने माओवादी निर्णयहास्यँस्पद भएको टिप्पणी गर्नुभएको छ। ‘जनतामाझ संविधान जारी गर्ने निर्णयचरम बार्गेनिङको नमुना पेस गरेको स्पष्ट हुन्छ’, उहाँले भन्नुभयो- ‘बार्गेनिङको भाषा प्रयोग नभई सहमतीय राजनीतिबाटै सरकार बनाउनुपर्छ।’

उहाँले माओवादीले संविधान जारी गर्छ भन्नु दबाबको रणनीति मात्रै भएको जिकिर गर्दै कुनै व्यक्ति र पार्टी भन्दैमा जारी हुने संविधानको औचित्यता नहुने बताउनुभयो। ‘पार्टीवषेशले जारी गर्ने संविधान मुलुक र जनताको हुन सक्दैन’, उहाँले भन्नुभयो- ‘त्यसको औचित्य र मान्यता केही पनि हुँदैन्।’ सडकबाट घोषणा गरिएको संविधान विगतमा गरिएको गणराज्य र जनसरकारजस्तै हुने भन्दै नेता ज्ञवालीले त्यसको कुनै तुक नुहुने दाबी गर्नुभयो।

0 comments:

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by Tulsi Ram Kc 2010

you can go TOP of the page