क्यान्सर अस्पतालका कार्यकारी निर्देशक सम्पर्क बिहीन
नारायणगढ, जेष्ठ ५ - चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक भक्तमान श्रेष्ठ मंगलबार रातिबाट सम्पर्क बिहीन भएका छन् ।
मंगलबार राति भरतपुरको चौबिसकोठीस्थित चितवन अस्पतालबाट काम सकेर निस्केका श्रेष्ठ त्यसपछि सम्पर्क बिहीन भएको पारिवारले जनाएको छ । श्रेष्ठका कानूनी सल्लाहकार गोकर्ण सापकोटाका अनुसार श्रेष्ठ आफनो क्वार्टर जाने क्रममा अपहरणमा परेको आशंका छ । श्रेष्ठ सवार गाडी समेत फेला नपरेकाले दुर्घटनाको आशंका पनि गरिएको छ ।
परिवारका अनुसार श्रेष्ठको मोवाइलमा राति १२ बजे सम्म घंटी गएको थियो । त्यसपछि मोवाइलको स्विच अफ गरिएको छ । जिल्ला प्रहरी प्रवक्ता नायव उपरीक्षक रविराज खडकाले श्रेष्ठ हराएको बताए । उनले अवस्था अज्ञात रहेको र खोजीकार्य भइरहेको जनाए । प्रहरीले विभिन्न सीमानाकामा श्रेष्ठ हराएको जानकारी गराइ सकेको जनाएको छ । भने चितवन र आसपासका जिल्लामा प्रहरीले खोजिरहेको जनाएको छ । श्रेष्ठको परिवार चिन्तित छ ।
क्यान्सर अस्पतालका रेडियो तथा अन्कोलोजी विभाग प्रमुख तथा नेपाल चिकित्सक संघका केन्दि्रय महासचिव डा. अंजनी कुमार झाले २४ घंटा सम्म क्यान्सर अस्पतालका इमरजेन्सी बाहेकका सम्पुर्ण सेवा बन्द गर्ने जानकारी दिए । उनले घटनाको घोर भत्र्सना गर्नुका साथैं खोजीकार्य तत्परताका साथ गर्न आग्रह गरे ।
0 comments:
Post a Comment